मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना

52
SHARES
मौसम पूर्वानुमान: केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायु सक्रिय रहेको छ भने पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको असर पनि देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी कारणले अहिले देशभर आकाशमा बादल छाएको अवस्था रहेको छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ । विशेषगरी कोशी र मधेस प्रदेशका साथै हिमाली र पहाडी क्षेत्रमा केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । साथै तराईका केही स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

राति भने हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ । मौसम महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १७, बिहीबार ००:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP