मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अष्ट्रेलियामा नेपालको दोस्रो जित, सोमपालको उत्कृष्ट ५ विकेटको योगदान

2.4K
SHARES
अष्ट्रेलियामा नेपालको दोस्रो जित, सोमपालको उत्कृष्ट ५ विकेटको योगदान

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिज अन्तर्गत नेपालले शानदार प्रदर्शन गर्दै पाँचौं खेलमा आफ्नो दोस्रो जित दर्ज गरेको छ । मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३४ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा पुनः लय समातेको छ ।

नेपालले दिएको १४० रनको विजयी लक्ष्य पछ्याएको रेनेगेड्सको टोली १८.३ ओभरमा १०६ रनमै समेटियो । नेपाली बलिङ आक्रमणमा सोमपाल कामी सर्वाधिक घातक सावित भए, जसले ३.३ ओभरमा १७ रन खर्चेर ५ विकेट हात पारे । त्यस्तै कुशल भुर्तेलले २ विकेट झारे भने अन्य बलरहरूले किफायती बलिङ गर्दै विपक्षीलाई दवाबमा राखे ।

त्यसअघि डार्विनको पार्मस्टनस्थित काजालिस एरेनामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको सम्मानजनक स्कोर बनाएको हो ।

नेपालका लागि कुशल मल्लले २२ बलमा एक चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक २९ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाए भने लोकेश बमले १६ बलमा आक्रामक २४ रन जोडेर टोटल बलियो बनाउने प्रयास गरे । भीम सार्कीले १७ रन, आरिफ शेख र रुपेश सिंह दुवैले समान १२–१२ रनको योगदान दिए ।

रेनेगेड्सका बलरहरूमध्ये फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई–दुई विकेट लिए । तर लक्ष्य पछ्याउने क्रममा नेपाली बलरहरूको कसी बलिङका अगाडि उनीहरू टिक्न सकेनन् ।

यो जितसँगै नेपालले सिरिजमा आफ्नो पकड मजबुत बनाएको छ । अब उसका लागि बाँकी खेलहरूमा निरन्तरता कायम राख्नु चुनौतीपूर्ण र आवश्यक रहनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ४, बुधबार ०८:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP