मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय निर्वाचनका लागि रास्वपाले खोल्यो ‘नगरपालिका क्यान्डिडेट क्लब’को आवेदन

312
SHARES
स्थानीय निर्वाचनका लागि रास्वपाले खोल्यो ‘नगरपालिका क्यान्डिडेट क्लब’को आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘नगरपालिका क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गरेको छ । पार्टीले सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गर्दै स्थानीय तहमा नेतृत्व गर्न इच्छुक योग्य नागरिकलाई आवेदन दिन आह्वान गरेको हो ।

रास्वपाका अनुसार इच्छुक व्यक्तिहरूले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवार बन्नका लागि आवेदन दिन सक्नेछन् । पार्टीले स्थानीय तहमा नयाँ नेतृत्व स्थापित गर्ने उद्देश्यसहित आवेदन प्रक्रिया अघि बढाएको जनाएको छ ।

स्थानीय सरकारलाई प्रभावकारी, जवाफदेही र पारदर्शी बनाउन सक्षम तथा योग्य व्यक्तिहरूलाई राजनीतिमा सहभागी गराउने लक्ष्यका साथ यो पहल गरिएको पार्टीको भनाइ छ ।

यस कार्यक्रममार्फत स्थानीय निर्वाचनमा सहभागी हुन चाहने नयाँ तथा उत्साही व्यक्तिहरूलाई उम्मेदवार बन्ने प्रक्रियामा जोडिने अवसर मिल्ने र स्थानीय तहमा नेतृत्व विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ३०, शुक्रबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP