मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चिशंखुगढी हत्या प्रकरण: चार युवक पक्राउ

2.2K
SHARES
चिशंखुगढी हत्या प्रकरण: चार युवक पक्राउ

ओखलढुंगा । जिल्लामा भएका दुई वटा विभत्स हत्या तथा लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा चिशंखुगढी गाउँपालिका–३ का २८ वर्षीय मिलन भन्ने संगम राई, वडा नं. ४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नं. ८ का दोर्जे भनिने अशोक भुजेल रहेका छन् । प्रहरीले उनीहरूलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार पहिलो घटना सिद्धिचरण नगरपालिका–४ चार्खुमा २०८२ असोज २६ गते राति करिब १२ बजे भएको थियो । उक्त घटनामा ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) को घरमा प्रवेश गरी धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । हत्या पश्चात् घरमा रहेको नगद र गरगहना लुटपाट गरिएको थियो ।

त्यसैगरी दोस्रो घटना चिशंखुगढी गाउँपालिका–६ भदौरेमा करिब पाँच दिनअघि भएको थियो । उक्त घटनामा ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको कुटपिट तथा धारिलो हतियार प्रहार गरी निर्मम हत्या गरिएको थियो । अभियुक्तहरूले उनीहरूको घरबाट सुनचाँदी, नगद तथा मोबाइलसमेत लुटेर फरार भएका थिए ।

दुवै घटनामा एउटै समूहको संलग्नता रहेको खुलेपछि प्रहरीले चारै जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार पक्राउ परेकामाथि कर्तव्य ज्यान, डाँका तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले अभियुक्तहरूको साथबाट हत्या तथा लुटपाटमा प्रयोग गरिएको चक्कु, ७.६५ एमएमका गोलीका खोका, मोबाइल फोन, गरगहना तथा नगदसमेत बरामद गरेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २०, आईतवार १५:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP