मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हामी मुलुक बंगलादेश नहोस् भन्ने सोचमा छौँ : प्रधानमन्त्री कार्की

1.7K
SHARES
हामी मुलुक बंगलादेश नहोस् भन्ने सोचमा छौँ : प्रधानमन्त्री कार्की

काठमान्डु । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई बंगलादेश जस्तै अस्थिरतामा फस्न दिन नहुने स्पष्ट धारणा व्यक्त गरेकी छन् ।

बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अन्तरिम सरकार ‘अचानो’ जस्तो अवस्थामा परेको टिप्पणी दोहोर्‍याइन् । उनले राजनीतिक दल र जेन–जी समूहबाट दिनदिनै सरकार छोड्न दबाब र गालीगलौज भइरहेको गुनासो गरिन् ।

“निर्वाचन किन चाहियो भन्ने भाषा पनि युवाहरूबाट आउन थालेको छ । कतै जाँदा पनि सहज अनुभूति हुँदैन,” प्रधानमन्त्री कार्कीले भनिन्, “२५–३० वटा जेन–जी समूह छन् । एउटाले एउटा कुरा भन्छ, अर्कोले अर्को निर्देशन दिन्छ । हामी मुलुक बंगलादेश नहोस् भन्ने सोचमा छौँ, बंगलादेश चाहिँ नहोस् ।”

सबैतिरबाट आलोचना र गाली आइरहेको भन्दै प्रधानमन्त्री कार्कीले दिग्दारीसमेत व्यक्त गरिन् । तर, यति हुँदाहुँदै पनि सरकारले धैर्यधारण गरेर काम गरिरहेको उनको भनाइ छ ।

“हामी अचानो जस्तो भयौँ,” उनले भनिन्, “‘राजनीतिक दलले पनि गाली गर्छन्, सडकबाट पनि गाली आउँछ । आज छोड, भोलि छोड भन्ने दबाब छ । जेन–जीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छ ।”

सरकारले पद छोडेपछि पनि अर्को किसिमको आलोचना सुरु हुने भन्दै उनले परिस्थिति पेण्डुलम जस्तै बनेको बताइन् । “छोड्यौँ भने भोलिपल्टै ‘पालो त दिएको थियो, के गर्‍यौ ?’ भन्ने भाष्य आउँछ,” उनले भनिन्, “त्यसैले हामी धेरै सकस, मेहनत र धैर्यका साथ काम गरिरहेका छौँ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १०, बिहीबार ११:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP