मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भ्रममा नपरी एकीकरण प्रक्रिया अघि बढाऔं: प्रचण्ड

2.1K
SHARES
भ्रममा नपरी एकीकरण प्रक्रिया अघि बढाऔं: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगमा पेस भएको पार्टी दर्ता सूचीलाई लिएर देखा परेको भ्रम अस्वीकार गर्दै एकीकरण अभियानलाई दृढतापूर्वक अघि बढाउन सबैमा आग्रह गरेका छन् ।

संयोजक दाहालको सचिवालयले आज विज्ञप्ति जारी गर्दै दल दर्ताका लागि आयोगमा बुझाइएको विवरणबारे अनावश्यक शंका फैलिएको उल्लेख गर्दै वास्तविकता स्पष्टीकरण गरेको छ । विज्ञप्तिमा भनिएको छ कि निर्वाचन तयारीका कारण आयोगमा एकीकरणपूर्वको स्थायी समिति सदस्यहरूको सूची बुझाइएको र कानुनी प्रावधानअनुसार एक तिहाइ महिला समावेश गर्न तत्काल उपलब्ध १३ महिलाको हस्ताक्षरसहित नाम जोडिएको मात्र हो ।

सचिवालयले स्पष्ट पारेको छ, “यो कुनै नयाँ संरचना होइन । विधानअनुसारको स्थायी संरचना पूरा गर्न बाँकी रहेको छ र त्यो एकीकरण प्रक्रियाअनुसार नै बनाइनेछ ।”

दाहालले पार्टी संयोजक र सह–संयोजक बाहेकका सबै पद तथा कमिटीहरू आपसी सहमतिबाट गठन हुने बताए । अहिले त्यसका लागि गृहकार्य चलिरहेको र एकीकृत पार्टीको केन्द्रीय समिति लगायतका संरचना पनि यही प्रक्रियाबाट टुंगो लाग्ने उनले बताएका छन् ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जनभन्दा बढी वाम समूह मिलेर नयाँ नेपाली कम्युनिस्ट पार्टी निर्माणको प्रक्रिया अघि बढिरहेको छ । सरकारद्वारा फागुन २१ गतेका लागि घोषणा गरिएको आम निर्वाचनका लागि निर्वाचन आयोगले यही मंसिर ३० गतेभित्र दल दर्ता समाप्त गर्ने औपचारिक समयसीमा तोकेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २८, शुक्रबार ०८:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP