मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर बदली रहने, केही स्थानमा मध्यम वर्षाको सम्भावना

1.8K
SHARES
देशभर बदली रहने, केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा औसत स्थानभन्दा दक्षिणतर्फ र पश्चिमी क्षेत्रमा औसत स्थानको आसपासमा सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावस्वरूप देशभर सामान्यतया आकाश बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकीसहित अन्य पहाडी क्षेत्रमा थोरै स्थानहरूमा तथा तराईका एक–दुई स्थानमा मध्यम खालको वर्षा हुने सम्भावना छ ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरू र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १४, शनिबार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP