मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

१५ लाखभन्दा बढी भूमिहीनलाई जग्गा पुर्जा दिन सरकारको तयारीः मन्त्री अधिकारी

1.6K
SHARES
१५ लाखभन्दा बढी भूमिहीनलाई जग्गा पुर्जा दिन सरकारको तयारीः मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले करिब १५ लाख भूमिहीन, दलित र सुकुम्वासीलाई जग्गा पुर्जा उपलब्ध गराउने गरी सरकार योजना बनाउन व्यस्त रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी कानुन संशोधन विधेयकमाथि छलफलका क्रममा मन्त्री अधिकारीले सो जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म ९९ हजार १ सय ८६ जना भूमिहीन दलित, १ लाख ६८ हजार १ सय ५ जना भूमिहीन सुकुम्वासी र ८ लाख ७५ हजार ४ सय १० जना अव्यवस्थित बसोबासीको विवरण संकलन भइसकेको छ ।

मन्त्री अधिकारीका अनुसार हाल २ सय ८ वटा पालिकाले अझै विवरण संकलनको काम सम्पन्न गरेका छैनन्, जसका कारण भूमिहीन तथा अव्यवस्थित बसोबासीको संख्या झण्डै १५ लाखसम्म पुग्ने अनुमान गरिएको छ । उनले भने, “यी व्यक्तिहरूलाई अहिले बसोबास गरिरहेको स्थानमा नै जग्गा प्रदान गरिने व्यवस्था गरिएको छ ।”

मन्त्री अधिकारीले छलफलमा सहभागी सांसदहरूलाई विधेयकप्रति कुनै भ्रम नराख्न आग्रह गर्दै, यसलाई स्पष्ट र उद्देश्यअनुकूल बनाइने बताए । उनका अनुसार संशोधित विधेयकमा “घरजग्गा व्यवसाय बाहेकका प्रयोजनमा प्राप्त वा स्वीकृत जग्गा अन्य प्रयोजनमा बिक्री गर्न नपाइने” स्पष्ट व्यवस्था समावेश गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १८, आईतवार १२:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP