मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री शाहको भारत भ्रमण : नेपाल–भारतबीच आठ विषयमा सहकार्य गर्ने समझदारी

273
SHARES
प्रधानमन्त्री शाहको भारत भ्रमण : नेपाल–भारतबीच आठ विषयमा सहकार्य गर्ने समझदारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको भेटवार्तापछि दुवै देशबीच आठवटा विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार नेपाल र भारतले फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक अधिकारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य सेवा तथा पशुपालन र मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्ने भएका छन् ।

समझदारी भएका आठ क्षेत्रमध्ये फरेन्सिक विज्ञानतर्फ भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ । यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षणसम्बन्धी समझदारी भएको छ ।

प्रशासनिक क्षेत्रको क्षमता विकासका लागि भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजले संयुक्त रूपमा नेपाली सरकारी अधिकारीहरूलाई तालिम तथा प्रशिक्षण प्रदान गर्नेछन् । यसबाट सरकारी कर्मचारीको दक्षता र प्रशासनिक कार्यक्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, आयुर्वेद र अन्य परम्परागत उपचार पद्धतिको विकास तथा प्रवर्द्धनका लागि दुवै देशले सहकार्य गर्ने भएका छन् । स्वास्थ्य सेवा र चिकित्सा क्षेत्रको सुधार तथा विस्तारमा समेत संयुक्त रूपमा काम गर्ने समझदारी भएको छ ।

अन्तरिक्ष तथा सञ्चार प्रविधितर्फ भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल निर्माण गर्ने विषयमा सहमति भएको छ ।

सहरी विकासको क्षेत्रमा दिगो पूर्वाधार तथा सहरी व्यवस्थापनसम्बन्धी प्राविधिक सहयोग आदानप्रदान गरिनेछ । त्यस्तै, कृषि तथा पशुजन्य उत्पादनको विकासलाई प्राथमिकता दिँदै पशुपालन र मत्स्यपालन क्षेत्रको प्रवर्द्धनमा पनि दुवै देशले सहकार्य गर्ने समझदारी गरेका छन् ।

यी समझदारीले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्नुका साथै प्रविधि, शिक्षा, स्वास्थ्य, सुरक्षा र आर्थिक विकासका क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ मंसिर ८, सोमबार १०:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP