मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्ड मेडिसिटी अस्पतालमा भर्ना, स्वास्थ्य अवस्थामा सुधार

520
SHARES
प्रचण्ड मेडिसिटी अस्पतालमा भर्ना, स्वास्थ्य अवस्थामा सुधार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

उनका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रचण्डलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । केही दिनदेखि अस्वस्थ रहेका उनलाई चिकित्सकहरूको निगरानीमा राखेर उपचार भइरहेको बताइएको छ ।

आचार्यका अनुसार प्रचण्ड विगत तीन दिनदेखि रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट प्रभावित थिए । स्वास्थ्य परीक्षणका क्रममा हल्का निमोनियाको लक्षण देखिएपछि चिकित्सकहरूले अस्पतालमै राखेर उपचार गर्न सुझाव दिएका हुन् ।

हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारमा सकारात्मक प्रतिक्रिया देखिएको जनाइएको छ ।

पार्टीका नेता तथा कार्यकर्ताले पनि प्रचण्डको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पछिल्लो समय विभिन्न राजनीतिक कार्यक्रम र भेटघाटमा व्यस्त रहेका प्रचण्डको स्वास्थ्यमा आएको समस्यापछि केही तय भएका कार्यक्रमहरू प्रभावित हुन सक्ने बताइएको छ ।

चिकित्सकहरूका अनुसार आवश्यक उपचार र आरामपछि केही दिनभित्रै उनी अस्पतालबाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १६, शनिबार ०६:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP