मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लगातार दोस्रो जितसँगै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा

1.4K
SHARES
लगातार दोस्रो जितसँगै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं । नेपाल काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउदेश्यीय कभर्डहलमा सम्पन्न खेलमा नेपालले माल्दिभ्स राष्ट्रिय महिला भलिबल टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

नेपालले मालदिभ्समाथि २५–१२, २५–९ र २५–२० को सहज जित दर्ता गर्‍यो । कप्तान निरुता ठगुन्नाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोलीले खेलभर दबाब कायम राखेको थियो । उनी नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

यो जितपछि नेपालले अंक तालिकामा सात अंक बनाएको छ । पाँच अंकसहित इन्डियन राष्ट्रि महिला भलिबल टोली दोस्रो स्थानमा रहेको छ भने किर्गिस्तान राष्ट्रिय महिला भलिबल टोली तीन अंकसहित तेस्रो स्थानमा छ। मालदिभ्स भने अंकविहीन रह्यो ।

अब भोलि (सोमबार) हुने भारत र किर्गिस्तानबीचको खेलले सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लगाउनेछ । यदि भारत सोझो सेटमा पराजित भए किर्गिस्तान अन्तिम चारमा पुग्नेछ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ३–२ को प्रतिस्पर्धात्मक हार बेहोरेको थियो । त्यसपछि भने किर्गिस्तानलाई ३–० ले हराउँदै पुनरागमन गरेको थियो ।

आइतबारकै अन्य खेलमा इरान राष्ट्रिय महिला भलिबल टोलीले श्रीलंका राष्ट्रिय महिला भलिबल टोलीलाई २५–१६, २५–१३ र २५–११ ले हरायो । यस्तै काजकिस्तान राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेश राष्ट्रिय महिला भलिबल टोलीमाथि ३–० को जित निकाल्यो ।

च्याम्पियनसिपमा सोमबार तीन खेल हुनेछ । पहिलो खेलमा बंगलादेश र श्रीलंका तथा दोस्रो खेलमा भारत र किर्गिस्तान भिड्नेछन् । तेस्रो खेलमा ईरान र कजाकस्तान भिड्नेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १०, आईतवार १३:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP