मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जीतपुर–सिमरा क्षेत्रमा दोस्रो दिन पनि कर्फ्यू

1.1K
SHARES
जीतपुर–सिमरा क्षेत्रमा दोस्रो दिन पनि कर्फ्यू

काठमाडौं । बारामा जेन–जी समूहका युवाहरूको प्रदर्शन उत्कर्षमा पुगेपछि सिमरा विमानस्थल तथा जीतपुर–सिमरा आसपास क्षेत्रमा बिहीबार पनि कर्फ्यू जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सम्भावित जनधनको जोखिम रोक्न भन्दै दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यू लागू गरेको हो ।

प्रशासनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम स्थिति नियन्त्रणमा राख्न बाध्य भएर आदेश जारी गरिएको हो ।

कर्फ्यू लागू भएका क्षेत्रहरू

  • पथलैया चोक दक्षिणबाट जीतपुर लल्का पुलसम्मको वीरगञ्ज–पथलैया सडक खण्ड, दायाँ–बायाँ ५०० मिटरका दायरा ।
  • सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्र ।
  • कर्फ्यू अवधिभर सर्वसाधारणलाई घरबाट बाहिर निस्कन, यात्रा गर्न, भेला–जुलुस, सभा वा कुनै पनि प्रकारको प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध गरिएको छ ।

तर अत्यावश्यक सेवा सञ्चालन सहज बनाउन एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीका सवारी साधन, साथै पर्यटक सवार गाडीहरूलाई अनुमति दिइएको प्रशासनले जनाएको छ ।त्यसैगरी मानव अधिकार संस्था, कूटनीतिक नियोगका गाडी तथा हवाई टिकट देखाएर यात्रा गर्ने यात्रुहरूलाई सुरक्षा निकायले आवतजावतमा सहजीकरण गर्ने बताइएको छ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ४, बिहीबार ०८:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP