मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी वायु र न्यून चापीय प्रभावले देशभर मौसम बद्लिँदै, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

247
SHARES
पश्चिमी वायु र न्यून चापीय प्रभावले देशभर मौसम बद्लिँदै, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली र अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ ।

यस्तै, गण्डकी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई क्षेत्रमा चट्याङसहित मध्यम वर्षा भइरहेको जनाइएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने सम्भावना छ । मधेससहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई भूभागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ । साथै मधेस प्रदेश र ती प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा समेत हल्का देखि मध्यम वर्षा हुन सक्ने बताइएको छ ।

विशेषगरी गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा अत्यधिक गर्मी तथा तराई क्षेत्रमा तातो लहरको अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ । कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ९, शनिबार ००:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP