मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

श्रम संस्कृति पार्टीलाई भोट दिन साम्पाङको आग्रह

2.1K
SHARES
श्रम संस्कृति पार्टीलाई भोट दिन साम्पाङको आग्रह

धरान । हर्कराज साम्पाङ राईले प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन् । उनले सो पार्टीका उम्मेदवारलाई मत दिनु भनेको प्रधानमन्त्रीका उम्मेदवारलाई मत दिएको जत्तिकै महत्त्वपूर्ण हुने बताएका हुन् ।

धरान उपमहानगरपालिकाका मेयरसमेत रहेका साम्पाङले आफ्नो गृहनगरमा पहिलो पटक आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । धरानको भानुचोकमा आयोजित सभामा उनले श्रम संस्कृति पार्टीले देश बचाउने उद्देश्यसहित राजनीतिक यात्रा सुरु गरेको दाबी गरे ।

उनले हाल चर्चामा रहेको ‘जेनजी विद्रोह’को प्रसङ्ग उल्लेख गर्दै सिंहदरबार, सर्वोच्च अदालत र संसद भवनमा भएको आगजनी सामान्य विद्यार्थीहरूले गर्न नसक्ने भन्दै त्यसमा षड्यन्त्र भएको आरोप लगाए । देश संकटमा परेको अवस्थामा त्यसलाई जोगाउन आफू अघि बढेको उनको भनाइ थियो ।

साम्पाङले देशको अवस्था सुधार्ने लक्ष्यका साथ श्रम संस्कृति पार्टी स्थापना गरेर आफू अध्यक्ष बनेको बताए । उनले मतदातालाई आफू र पार्टीका उम्मेदवारलाई जिताउन अपिल गरे ।

उनले आफ्नो पार्टी कुनै विदेशी सहयोगमा नचलेको स्पष्ट गर्दै संघीयता, लोकतन्त्र, प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था, समानुपातिक तथा समावेशी प्रतिनिधित्वमा पार्टीको विश्वास रहेको बताए। साथै प्रकृति, संस्कृति र प्रविधिमा आधारित विकासको अवधारणालाई प्राथमिकता दिने उनको भनाइ थियो ।

युवा विदेशिने क्रम रोक्न शिक्षा प्रणालीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले श्रम संस्कृति पार्टीको सरकार बने विद्यार्थीहरूलाई सातामा तीन दिन मात्रै विद्यालय जाने र बाँकी समय श्रम तथा उत्पादनसँग जोडिने शिक्षा दिने नीति लागू गर्ने बताए ।

यसैगरी उनले विदेशी हस्तक्षेपमुक्त देश बनाउने लक्ष्य लिएको र सीमाको सुरक्षाका लागि प्लस टु अध्ययनपछि अनिवार्य छ महिनाको सैनिक तालिमको व्यवस्था गर्ने योजना रहेको पनि बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १५, शुक्रबार १२:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP