मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अमेरिकाको सान डिएगोस्थित मस्जिदमा गोलीकाण्ड, पाँच जनाको मृत्यु

403
SHARES
अमेरिकाको सान डिएगोस्थित मस्जिदमा गोलीकाण्ड, पाँच जनाको मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोमा रहेको एक मस्जिदमा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ भने घटनामा संलग्न भएको आशंका गरिएका दुई किशोर पनि मृत फेला परेका छन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घटना क्लेरमोन्ट क्षेत्रमा रहेको ‘इस्लामिक सेन्टर अफ सान डिएगो’मा भएको हो ।

प्रहरीका अनुसार मस्जिदमा अचानक अन्धाधुन्ध गोली चल्दा त्यहाँ उपस्थित मानिसहरू त्रसित बनेका थिए । घटनास्थलमा खटिएका सुरक्षाकर्मीले आक्रमणकारीलाई रोक्ने प्रयास गरेका थिए । प्रहरी प्रमुख स्कट वाह्लले सुरक्षाकर्मीको साहसी कदमका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताएका छन् ।

घटनापछि भागेका दुई किशोर संदिग्धहरू केही समयपछि नजिकै सडकमा गुडिरहेको कारभित्र मृत अवस्थामा भेटिएका थिए । प्रारम्भिक अनुसन्धानमा उनीहरूले आफैँलाई गोली हानेको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीले यो घटनालाई घृणाजन्य अपराधको कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । घटनाको सुरुवात भने एक महिलाले आफ्नो छोरा हराएको भन्दै प्रहरीमा उजुरी दिएपछि भएको थियो । ती महिलाले घरबाट केही हतियार र कारसमेत हराएको जानकारी गराएकी थिइन् ।

क्यालिफोर्नियामा भएको यस घटनाले स्थानीय मुस्लिम समुदायमा त्रास फैलाएको छ भने सुरक्षा व्यवस्था थप कडा पारिएको अधिकारीहरूले बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ५, मंगलवार ०१:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP