मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

श्रम संस्कृति पार्टीको घोषणापत्र सार्वजनिक: दिगो विकासका आधारमा ‘श्रमदान अभियान’

3.3K
SHARES
श्रम संस्कृति पार्टीको घोषणापत्र सार्वजनिक: दिगो विकासका आधारमा ‘श्रमदान अभियान’

सुनसरी । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्नो आधिकारिक घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष साम्पाङले पार्टीले अघि सार्न चाहेको मूल एजेन्डा सार्वजनिक गर्दै ‘श्रमलाई नै विकासको इञ्जिन बनाउने’ दृष्टिकोण प्रस्तुत गरे ।

घोषणा–पत्रमा देशको दिगो विकासका लागि श्रमदानलाई अनिवार्य तत्वका रूपमा व्याख्या गरिएको छ । योजनाबद्ध काम र बजेटमा मात्र भर पर्नु विकासका गति सुस्त बनाउने कारण भएको भन्दै साम्पाङले जनश्रमलाई नियमित संरचनामा रूपान्तरण गर्नुपर्ने बताए । उन भने, “जनतालाई देश र माटोसँग जोड्नु अपरिहार्य छ । छिटो र प्रभावकारी विकासको उपाय श्रमदान नै हो ।”

धरान उपमहानगरका प्रमुख समेत रहेका साम्पाङले स्थानीय तहदेखि केन्द्रसम्मका विकास योजनामा जनसहभागिता सुनिश्चित गर्ने पार्टीको नीति स्पष्ट पारे । उनका अनुसार, श्रमदानमार्फत विकास गर्दा समुदायको स्वामित्व बाढ्ने, वित्तीय दबाब घटाउने र परियोजनाको गुणस्तर बलियो बनाइनेछ ।

श्रम संस्कृति पार्टीको स्थापना नै दिगो विकासको दीर्घकालीन दृष्टि बोकेको उनले दाबी गरे । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, ऊर्जा तथा स्थानीय शासनका क्षेत्रमा श्रम–आधारित अभियानहरू सञ्चालन गर्ने प्रतिवद्धता समेटिएको छ ।

पार्टीले विशेषगरी युवाहरूलाई श्रमद्वारा राष्ट्रनिर्माणमा जोड्ने, जनसमुदायलाई विकासको साझेदार बनाउने र भ्रष्टाचार घटाउने संरचनागत सुधारमाथि पनि जोड दिएको छ ।

साम्पाङको नेतृत्वमा पार्टीले निकट भविष्यमै विभिन्न प्रदेशमा ‘श्रम अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १६, मंगलवार ११:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP