मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति पौडेलको कतार औपचारिक भ्रमण स्वीकृत

2.3K
SHARES
राष्ट्रपति पौडेलको कतार औपचारिक भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राष्ट्रपतिको भ्रमण स्वीकृत भएको जानकारी दिएका हुन् ।

मन्त्री खरेलका अनुसार राष्ट्रपति पौडेल कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट’ कार्यक्रममा सहभागी हुनेछन् ।

उनका अनुसार राष्ट्रपति पौडेलको भ्रमण कतार सरकारको औपचारिक निमन्त्रणामा हुनेछ र यस अवधिमा कतारका उच्च पदस्थ अधिकारीहरूसँग समेत शिष्टाचार भेटवार्ता तय भएको छ ।

सरकारले राष्ट्रपतिको भ्रमणलाई नेपालको सामाजिक विकास, अन्तर्राष्ट्रिय सहकार्य र द्विपक्षीय सम्बन्ध सुदृढीकरणका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १२, बुधबार १०:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP