मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसा नगर्न सबैसँग अपिल

104
SHARES
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसा नगर्न सबैसँग अपिल

काठमाडौं । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन् । उनले केन्द्रीय मन्त्री जे.पी. नड्डा, डा. जितेन्द्र सिंह तथा लेह–लद्दाख एपेक्स बडीका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा अनशन तोडेका हुन् ।

अनशन अन्त्य गरेको जानकारी वाङचुकले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका छन् । उनका अनुसार सरकारसँग लामो छलफलपछि केही सर्तमा सहमति बनेको र देशमा सम्भावित हिंसात्मक अवस्था सिर्जना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै अनशन अन्त्य गर्ने निर्णय लिइएको हो ।

यसअघि विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले संयुक्त रूपमा पत्र लेख्दै वाङचुकलाई अनशन समाप्त गर्न आग्रह गरेका थिए । त्यसपछि सरकार र आन्दोलनकारी पक्षबीच संवादको प्रक्रिया अघि बढेको थियो ।

वाङचुकले एक्समा लेखेका छन्, “सहमतिका सर्तबारे म छिट्टै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिनेछु । त्यसबेलासम्म देशका सबै नागरिकलाई जहाँसुकै पनि हिंसा हुन नदिन र अत्यन्त संयमता अपनाउन आग्रह गर्दछु ।”

मेडिकल शिक्षासम्बन्धी नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा विद्यार्थीहरू विगत एक महिनादेखि नयाँ दिल्लीको जन्तर–मन्तरमा आन्दोलनरत छन् । प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलन जारी राखेका छन् ।

यही आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सोनम वाङचुक २६ दिनदेखि आमरण अनशनमा बसेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ८, शुक्रबार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP