मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इन्धनको मूल्य समायोजन, डिजेल र मट्टितेल महँगियो

1.6K
SHARES
इन्धनको मूल्य समायोजन, डिजेल र मट्टितेल महँगियो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य पुनः समायोजन गर्दै डिजेल र मट्टितेलको भाउ बढाएको छ । निगमका अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि गरिएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ ।

यद्यपि पेट्रोलको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्यसूची अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ कायम भएको छ । क्षेत्रअनुसार पहिलो वर्गमा २३४.५० रुपैयाँ र दोस्रो वर्गमा २३६ रुपैयाँ निर्धारण गरिएको छ ।

निगमले मूल्य समायोजनपछि पनि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ घाटा भइरहेको जनाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मूल्यका आधारमा नेपालमा पनि मूल्य हेरफेर गरिएको निगमले स्पष्ट पारेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ३, बिहीबार ००:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP