मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रावादोलुमा निःशुल्क दन्त शिविर, करिब ४ सय जना लाभान्वित

1.2K
SHARES
रावादोलुमा निःशुल्क दन्त शिविर, करिब ४ सय जना लाभान्वित

खिजीफलाटे (ओखलढुंगा) । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–७ रावादोलुमा आयोजित दुईदिने बृहत् निःशुल्क दन्त शिविरबाट करिब ४ सय जना लाभान्वित भएका छन् । ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा दन्त उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविर असोज २३ र २४ गते सफलतापूर्वक सम्पन्न भएको हो ।

रावादोलुस्थित श्री हिमगंगा उच्च माध्यमिक विद्यालयमा सञ्चालन गरिएको शिविरमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय दन्तरोगीहरूले सेवा लिएका थिए । चुप्लु एकता समाज नेपालका अध्यक्ष प्रकाशकुमार सुनुवारका अनुसार शिविरमा करिब ४ सय जनाको दाँत परीक्षण तथा उपचार गरिएको थियो ।

ज्म्क्ल्, ललितपुर र खिजिदेम्बा गाउँपालिका–७ को मुख्य आयोजना तथा चुप्लु एकता समाज नेपाल, खिजिदेम्बा–४ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो । शिविरमा वरिष्ठ दन्तरोग विशेषज्ञहरूले बिरामीहरूको दाँत परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श प्रदान गरेका थिए ।

शिविरमा दाँतसम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूको उपचार गरिएको थियो । उपचारका क्रममा आवश्यकताअनुसार दाँत उखाल्ने, दाँत भर्ने तथा अन्य प्राथमिक दन्त उपचार सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ । साथै, बिरामीहरूलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

भौगोलिक विकटता र स्वास्थ्य सेवामा सीमित पहुँचका कारण दन्तरोगको समयमै उपचार गराउन नसकेका ग्रामीण क्षेत्रका नागरिकका लागि शिविर उपयोगी बनेको छ । विशेषज्ञ चिकित्सकबाट आफ्नै गाउँमा निःशुल्क परीक्षण, उपचार र औषधि प्राप्त भएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन् ।

दन्त स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामान्य देखिने दाँतसम्बन्धी समस्यालाई समयमै पहिचान गरी उपचार गर्ने बानीको विकास गर्न पनि शिविरले सहयोग पुर्‍याएको छ । विशेषगरी विद्यार्थी तथा अभिभावकलाई दाँतको नियमित हेरचाह र मुख स्वास्थ्यको महत्त्वबारे जानकारी प्राप्त गर्ने अवसर मिलेको छ ।

ग्रामीण समुदायसम्म स्वास्थ्य सेवा पुर्‍याउन स्थानीय तह, सामाजिक संस्था र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित निकायबीचको सहकार्य महत्त्वपूर्ण हुने यस शिविरले देखाएको छ । स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने यस्ता कार्यक्रमले आर्थिक तथा भौगोलिक कठिनाइका कारण उपचारबाट वञ्चित नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउन सक्छन् ।

शिविरबाट सेवा लिएका स्थानीय बासिन्दाले निःशुल्क उपचारको अवसर प्रदान गर्ने आयोजक तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरेका छन् । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीय समुदायमा दन्त स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सकारात्मक योगदान दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २७, मंगलवार ११:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP