मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचनमा एक थोपा रगत बग्नु हुँदैन : प्रधानमन्त्री कार्की

1.9K
SHARES
निर्वाचनमा एक थोपा रगत बग्नु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको वर्तमान संक्रमणकाल अन्त्य गर्दै दिगो स्थायित्व कायम गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन् । शुक्रबार सशस्त्र प्रहरी बलको २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारले सोही लक्ष्यका लागि सम्पूर्ण शक्ति केन्द्रित गरेको स्पष्ट पारिन् ।

प्रधानमन्त्री कार्कीले समयसँगै सुरक्षा चुनौतीहरू परिवर्तन भइरहेकाले त्यसअनुसार सुरक्षा रणनीति पनि परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याइन् । विगतका निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी सम्भावित सुरक्षा जोखिमहरूको सूक्ष्म अध्ययन गर्न निर्देशन दिइन् ।

निर्वाचनलाई शान्तिपूर्ण बनाउन उच्च सतर्कता र व्यावसायिकताका साथ काम गर्न निर्देशन दिँदै उनले निर्वाचनका लागि सबै सुरक्षा निकाय परिचालन गर्ने निर्णय भइसकेको जानकारी गराइन् । निर्वाचनका क्रममा कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने उल्लेख गर्दै उनले एक थोपा पनि रगत नबग्ने र कोही पनि घाइते नहुने गरी सुरक्षा व्यवस्थापन गर्न जोड दिइन् ।

प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रक्रियाको सफलताका लागि सबै सुरक्षा निकायले उच्च स्तरको जिम्मेवारी र व्यावसायिकता प्रस्तुत गर्ने विश्वास व्यक्त गरिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ९, शुक्रबार १६:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP