मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बेइजिङमा भव्य सैन्य परेड, राष्ट्रपति सीको चेतावनी— ‘शान्ति वा युद्धको विकल्प’  (तस्विरहरू)

2K
SHARES
बेइजिङमा भव्य सैन्य परेड, राष्ट्रपति सीको चेतावनी— ‘शान्ति वा युद्धको विकल्प’  (तस्विरहरू)

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार बेइजिङको तियानमेन चोकमा आयोजित देशकै सबैभन्दा ठूलो सैन्य परेडमा विश्व अहिले ‘शान्ति वा युद्ध’ को विकल्पको सामना गरिरहेको चेतावनी दिएका छन् ।

द्वितीय विश्वयुद्धमा जापानको पराजय भएको ८० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको उक्त भव्य कार्यक्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ–उन प्रमुख पाहुना बनेका थिए ।

७० मिनेट लामो परेडमा क्षेप्यास्त्र, ट्याङ्क, ड्रोनलगायत अत्याधुनिक हतियार प्रदर्शन गरिएको थियो । हेलीकोप्टरले विशाल ब्यानर तानेर उड्दा लडाकु विमानले आकाशमा विभिन्न स्वरूप बनाएका थिए । कार्यक्रमको अन्त्यमा ८० हजार शान्ति पारा र रङ्गिन बेलुनहरू आकाशमा छोडिएका थिए ।

माओ त्से तुङको शैलीको सुटमा देखिएका राष्ट्रपति सीले खुला गाडीमा सैनिक निरीक्षण गर्दै उपस्थित ५० हजारभन्दा बढी दर्शकलाई सम्बोधन गरेका थिए ।

उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० भन्दा बढी राष्ट्रका नेता उपस्थित थिए । राष्ट्रपति सीकी पत्नी पेङ लियुआनले पाहुनाहरूलाई स्वागत गरेकी थिइन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १८, बुधबार ०५:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP