मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन

1.6K
SHARES
पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ । मंगलबार बिहान उपचारको क्रममा धुलिखेल अस्पतालमा उनले अन्तिम श्वास लिए ।

साउन १० गते स्कुटर दुर्घटनामा परेर गम्भीर घाइते भएका तिमल्सिनाको लामो समयदेखि अस्पतालमै उपचार भइरहेको थियो । घटनामा गम्भीर चोट लागेकाले उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएको चिकित्सकहरूले बताएका थिए ।

दुर्घटना नमोबुद्ध–२ स्थित बीपी राजमार्गमा भएको थियो । नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नम्बरको स्कुटरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०३–०२–००७ प ८८०० नम्बरको अर्को स्कुटरसँग ठक्कर खाएको थियो । सोही दुर्घटनामा परेर तिमल्सिना गम्भीर घाइते भएका थिए ।

उनको निधनसँगै स्थानीयवासी तथा नमोबुद्ध क्षेत्रका नागरिकहरू स्तब्ध बनेका छन् । नगरपालिकाको नेतृत्व गरिसकेका तिमल्सिनाले स्थानीय विकास र सामाजिक सेवामा पुर्‍याएको योगदानलाई सम्झिँदै विभिन्न तहबाट श्रद्धाञ्जली व्यक्त गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ७, मंगलवार ०५:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP