मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भियतनामकी उपराष्ट्रपति नेपालको औपचारिक भ्रमणमा

2.6K
SHARES
भियतनामकी उपराष्ट्रपति नेपालको औपचारिक भ्रमणमा

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेकी छन् । उनी उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा नेपाल आएकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति सुआनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरे । त्यहाँ सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका पदाधिकारी र अन्य विशिष्ट व्यक्तिहरू पनि उपस्थित थिए ।

उपराष्ट्रपति सुआनको सम्मानमा नेपाली सेनाले गार्ड अफ अनर पनि प्रदान गरेको छ । आजै उनले परराष्ट्रमन्त्री डा. राणासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, भियतनामतर्फबाट नेपालतर्फ भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा भदौ ८ गते उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच प्रतिनिधिमण्डलीय द्विपक्षीय वार्ता हुने छ ।

यस वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव समेत भएकाले यस भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ । सुआनले नेपालमा अन्य उच्चपदस्थ व्यक्तिहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपति सुआनले आफ्नो तीनदिने नेपाल यात्रा पूरा गरी भदौ ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ७, शनिबार ०९:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP