मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई मान्यता, देउवा पक्षको विरोध

2.1K
SHARES
निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई मान्यता, देउवा पक्षको विरोध

काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले थापालाई पार्टी सभापतिको हैसियतमा वैधानिकता प्रदान गरेको हो ।

राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट थापा बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनसहित सभापति चयन भएका थिए । सभापति निर्वाचित भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापाले आयोगमा आधिकारिकताको दाबी पेश गरेका थिए । आयोगले सबै आवश्यक कागजात अध्ययन गरी थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिएको जनाएको छ ।

आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा शेरबहादुर देउवा पक्षबाट गुमेको छ । यद्यपि देउवा समूहले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै आयोगमा छुट्टै कागजात बुझाएको थियो ।

देउवा पक्षको विरोध प्रदर्शन
निर्वाचन आयोगले थापा नेतृत्वलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्षले आयोग परिसर बाहिर नाराबाजी र प्रदर्शन गरेको छ । मूल गेट बाहिर कार्यकर्ताहरूले विरोध जनाइरहेका छन् ।

आयोगमा देउवा समूहका नेताहरू मीनेन्द्र रिजाल, प्रकाशशरण महत, पूर्णबहादुर खड्का लगायतको उपस्थिति रहेको छ । सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपामा आयोजित पत्रकार सम्मेलनमा आफूहरूलाई आधिकारिकता नदिइए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २, शुक्रबार १४:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP