मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाकिस्तानमार्फत इरानको नयाँ शान्ति प्रस्ताव, युद्ध ‘सधैंका लागि अन्त्य’ गर्ने सन्देश

1.4K
SHARES
पाकिस्तानमार्फत इरानको नयाँ शान्ति प्रस्ताव, युद्ध ‘सधैंका लागि अन्त्य’ गर्ने सन्देश

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यसहित नयाँ शान्ति प्रस्ताव अघि सारेको छ । इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार उक्त प्रस्ताव पाकिस्तानमार्फत वासिङ्टनसम्म पुर्‍याइएको हो ।

यसअघि अमेरिकाले पठाएको १५ बुँदे प्रस्तावमाथि करिब दुई सातासम्म गहिरो समीक्षा गरेपछि तेहरानले आफ्नो १० बुँदे प्रतिप्रस्ताव तयार पारेको बताइएको छ । बीबीसीसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इरानी नेतृत्वले अस्थायी युद्धविरामभन्दा दीर्घकालीन समाधानमा जोड दिएको उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि स्ट्रेट अफ होर्मुज खुला गर्न मंगलबारसम्मको समयसीमा दिएका थिए । यदि उक्त सामुद्रिक मार्ग नखुलाइए इरानका विद्युत् केन्द्र र पुलहरूमा आक्रमण गर्ने चेतावनीसमेत उनले दिएका थिए । यही समयसीमा सकिनु एक दिनअघि इरानले युद्ध सधैंका लागि अन्त्य गर्ने सन्देश पठाएको हो ।

अप्रिल ६ मा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले मध्यस्थमार्फत सन्देश आदान–प्रदान भइरहेको पुष्टि गरेका थिए । तर उनले अमेरिकाको १५ बुँदे योजना भने तेहरानले अस्वीकार गरेको स्पष्ट पारे । आईआरएनएका अनुसार इरानको जवाफमा अस्थायी युद्धविरामको अवधारणालाई विगतका अनुभवका आधारमा अस्वीकार गर्दै आफ्नै सर्तमा दीर्घकालीन शान्ति सम्झौता आवश्यक रहेको उल्लेख गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २४, मंगलवार ०३:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP