मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सभामुखमा अर्यालको औपचारिक प्रवेश, राष्ट्रपतिले गराए शपथ

1.7K
SHARES
सभामुखमा अर्यालको औपचारिक प्रवेश, राष्ट्रपतिले गराए शपथ

काठमाडौं । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रतिनिधिसभाको १०औँ सभामुखका रूपमा शपथ गराएका हुन् ।

यसअघि बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध रूपमा सभामुख चयन भएको घोषणा गरेका थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८२ सांसदको समर्थन प्राप्त भएपछि अन्य कुनै दलबाट उम्मेदवारी नपरेको र उनी सर्वसम्मत रूपमा सभामुख बनेका हुन् ।

धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मिएका अर्याल रास्वपाका संस्थापक उपाध्यक्षसमेत हुन् । २०७९ सालमा पार्टी गठनका क्रममा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद अर्याल अघिल्लो संसदीय कार्यकालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारीमा समेत रहेका थिए ।

नयाँ सभामुखका रूपमा अर्यालसामु संसद्मा बढ्दो राजनीतिक ध्रुवीकरण कम गर्दै दलहरूबीचको मतभेदलाई संवादमार्फत व्यवस्थापन गर्ने चुनौती रहेको छ । सदनलाई सन्तुलित, मर्यादित र प्रभावकारी ढङ्गले सञ्चालन गर्नु अब उनको नेतृत्वको मुख्य परीक्षा हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २२, आईतवार १०:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP