मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

1.8K
SHARES
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

जनकपुर । तीन जना सिवार भएको मोटरसाइकल दुर्घटना हुँदा धनुषामा दुई किशोरको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

कमला नगरपालिका–२ खोक्साहा पुल नजिक बिहीबार राति साढे १० बजे नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्रको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन् । उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उनीहरू कमला नगरपालिका–३ लगमा बजारमा आयोजना भइरहेको झिझिया नाच हेर्न जाँदै गर्दा दुर्घटनामा परेका हुन् । तीव्र गतिको कारण दुर्घटना भएको आशंका गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १०, शुक्रबार ०६:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP