मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचनः ३४८६ उम्मेदवारमध्ये ५ जनामाथि मात्र उजुरी

2.7K
SHARES
प्रतिनिधिसभा निर्वाचनः ३४८६ उम्मेदवारमध्ये ५ जनामाथि मात्र उजुरी

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा दर्ता भएका उम्मेदवारमध्ये जम्मा ५ जनाविरुद्ध मात्र उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार कुल ३ हजार ४८६ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यता नपुगेको दाबी गर्दै उजुरी दिने समय तोकिएको थियो । सो अवधिभित्र भक्तपुर–२ मा २ जना, सुनसरी–२ मा १ जना, रौतहट–१ मा १ जना र कैलाली–१ मा १ जनाविरुद्ध उजुरी दर्ता भएको हो ।

उजुरी परेका उम्मेदवारहरूमा भक्तपुरबाट राजिव खत्री र जानुका पाठक, सुनसरीबाट लालविक्रम थापा, रौतहटबाट माधव नेपाल तथा कैलालीबाट रेशम चौधरी रहेका छन् । यी उजुरी प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ अनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरिएको आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतहरूले दर्ता भएका उजुरीको विवरण कार्यालयमा प्रकाशन गरिसकेको र जसको विरुद्ध उजुरी परेको हो, उनीहरूलाई तोकिएको समयभित्र प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । आयोगका अनुसार आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय हुनेछ ।

निर्वाचन कार्यतालिकाअनुसार माघ ८ गते साँझ उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने माघ ९ गते बिहान उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन तथा साँझ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।

आयोगको प्रारम्भिक तथ्यांकअनुसार उम्मेदवारी दर्ता गराउनेमध्ये ३ हजार ८९ जना पुरुष, ३९६ जना महिला र १ जना तेस्रो लिङ्गी रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ७, बुधबार १५:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP