मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनसुनी वायु कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना

2.6K
SHARES
मनसुनी वायु कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यससँगै स्थानीय वायुले आंशिक प्रभाव पारेको छ ।

यसको प्रभावस्वरूप कोशी प्रदेशलगायत देशका पहाडी भूभागहरूमा सामान्यतया बदली देखिएको छ भने अन्य भूभागहरूमा आंशिक बदली कायम छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

दिउँसोको पूर्वानुमान
आज दिउँसो कोशी प्रदेश लगायतका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भेगका थोरै स्थानहरूमा तथा मधेस प्रदेशसहित केही तराई भूभागहरूमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

रातिको समयमा देशको पहाडी भेगमा सामान्यतया बदली रहनेछ भने बाँकी भागहरूमा आंशिक बदली रहने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भेगका केही स्थानहरूमा तथा अन्य तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।

कोशी र बागमती प्रदेशको पहाडी भूभागमा भारी वर्षा हुन सक्ने भएकाले त्यहाँका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले पुनः अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ७, मंगलवार ००:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP