मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री कार्कीलाई चिनियाँ राजदूतको बधाई

2.5K
SHARES
प्रधानमन्त्री कार्कीलाई चिनियाँ राजदूतको बधाई

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार बिहीबार भएको भेटमा राजदूत सोङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा कार्कीलाई बधाई दिदैँ चिनियाँ सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका थिए ।

भेटका क्रममा दुवै पक्षबीच आपसी दृष्टिकोण आदानप्रदान भएको र मित्रता तथा सहकार्यलाई अझ प्रगाढ बनाउनेबारे सहमति भएको दूतावासले जनाएको छ ।

जेनजी आन्दोलनपछि कार्की गत भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २, बिहीबार ११:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP