मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर मनसुनी प्रभाव सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

1.5K
SHARES
देशभर मनसुनी प्रभाव सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशका विभिन्न भागमा वर्षा र बदलीको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी स्थानहरूमा आंशिक बदली देखिएको छ ।

हालको अवस्था
बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसोको मौसम पूर्वानुमान
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानहरूमा तथा अन्य भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । साथै, लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिको मौसम पूर्वानुमान
आज राति देशभर सामान्यतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानहरू र अन्य क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग, साथै लुम्बिनी र कोशी प्रदेशको तराई भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

सावधानी अपनाउन आग्रह
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित महाशाखाले आवश्यक सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेको छ ।

बाढी, पहिरो तथा जलस्रोतजन्य जोखिमबाट सचेत रहनु सुझाव दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १२, बिहीबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP