मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्डको आरोपः “एमालेले संशोधनमार्फत आफ्नो दोहोरो चरित्र देखायो”

2.2K
SHARES
प्रचण्डको आरोपः “एमालेले संशोधनमार्फत आफ्नो दोहोरो चरित्र देखायो”

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयकमाथि नेकपा एमालेले देखाएको भूमिकालाई ‘दोहोरो चरित्र’को संज्ञा दिएका छन् । शनिबार काठमाडौंको सीतापाइलास्थित सहिद शिक्षक स्मृति केन्द्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सभामा एमाले सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावले सबै शंका पुष्टि गरेको दाबी गरे ।

“कुलिङ पिरियडको बहस चलिरहँदा एमाले चुपचाप बसिरहेको थियो,” प्रचण्डले व्यङ्ग्य गर्दै भने, “तर अन्ततः संशोधन प्रस्तावमार्फत ‘म्याउ’ गर्‍यो । यसले एमालेको भ्रमपूर्ण राजनीति पुष्टि भएको छ ।”

शिक्षक आन्दोलन र सरकारको मौनता
प्रचण्डले आफ्नो सरकारका पालामा शिक्षकहरूसँग भएका सहमतिहरूलाई अहिलेको सरकारले बेवास्ता गरेको भन्दै कडा असन्तोष व्यक्त गरे । शिक्षाकर्मीहरू आन्दोलनमा जान बाध्य हुनुका पछाडि राज्यको असंवेदनशीलता जिम्मेवार रहेको उनको आरोप थियो ।

“हामीले शिक्षकहरूलाई आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिने गरी संवैधानिक व्यवस्था गरेका थियौं,” उनले भने, “तर, अहिले त्यही संविधानको पालना नगर्दा शिक्षकहरू सडकमा उत्रिन बाध्य भए। यो दुर्भाग्यपूर्ण हो ।”

सरकारको असंवेदनशीलता र अपमान
शिक्षकहरूमाथि सरकारले अपमानजनक व्यवहार देखाएको भन्दै प्रचण्डले वर्तमान सत्ता गठबन्धनको नेतृत्वलाई लक्षित गरे । उनले माओवादी केन्द्र सत्तामा भएको भए शिक्षाकर्मीहरूलाई यति ठूलो बेइज्जती सहनु नपर्ने जिकिर गरे ।

“शिक्षक आन्दोलन केवल पेशागत मागका लागि होइन, यो संविधान कार्यान्वयनको सवाल हो,” प्रचण्डले जोड दिए, “तर, सरकार कान नदेखाउने र आँखा चिम्लिने शैलीमा अघि बढिरहेको छ ।”

संशोधन प्रस्ताव र राजनीतिक सन्देश
संघीय निजामती सेवा विधेयकमाथि एमालेको संशोधनले माओवादी केन्द्रले समयमै उठाएको सन्देह पुष्टि भएको अध्यक्ष प्रचण्डको भनाइ छ । “शुरूमा चुप लाग्ने र अन्त्यमा संशोधन हाल्ने शैली एमालेको राजनीतिक द्वैधताको प्रमाण हो ,” उनले भने ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १०, शनिबार ०९:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP