मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

१०–११ सदस्यीय स्वतन्त्र मन्त्रिपरिषद् बन्छ : प्रधानमन्त्री कार्की

2.5K
SHARES
१०–११ सदस्यीय स्वतन्त्र मन्त्रिपरिषद् बन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आगामी मन्त्रिपरिषद् १० देखि ११ सदस्यीय हुने स्पष्ट पारेकी छन् ।

बीबीसी नेपालीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले मन्त्रीहरू राजनीतिक दलका हैन, स्वतन्त्र चरित्रका व्यक्तिहरू हुने बताइन् । उनका अनुसार निर्वाचनमा भाग नलिने, निष्पक्ष र दक्ष व्यक्तिहरूलाई संविधानले तोकेको समावेशी आधारमा चयन गरिनेछ ।

“मेरो प्रमुख उद्देश्य निर्वाचन गराउनु र सुशासन कायम गर्नु हो,” प्रधानमन्त्री कार्कीले भनिन्, “त्यसका लागि खुसीसाथ सहयोग गर्ने, क्षमतावान व्यक्ति मात्रै मन्त्री बन्नेछन् ।”

राष्ट्रपति रामचन्द्र पौडेलले सबै दलका प्रतिनिधिसहित बृहत् मन्त्रिपरिषद् बनाउन सुझाव दिएका थिए । तर कार्कीले उक्त प्रस्ताव अस्वीकार गर्दै पूर्णतया स्वतन्त्र र कार्यक्षमतामा आधारित टिम बनाउन लागेकी हुन् ।

उनले मन्त्री बन्न चाहने धेरै नाम आएको र छिट्टै अन्तिम टुंगो लगाइने पनि बताइन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३१, मंगलवार १२:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP