मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले सचिवालयमा ओलीमाथि बढ्दो दबाब, बहुमत नेताले मागे नेतृत्व हस्तान्तरण

767
SHARES
एमाले सचिवालयमा ओलीमाथि बढ्दो दबाब, बहुमत नेताले मागे नेतृत्व हस्तान्तरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र पार्टी रुपान्तरण र पुनर्गठनको बहस तीव्र बन्दै जाँदा सचिवालयका अधिकांश सदस्य अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वप्रति असन्तुष्ट देखिएका छन् ।

शुक्रबार चार उपाध्यक्ष र शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव तथा पाँच सचिवले ओलीले पद छोडेर पार्टी निर्माणमा सहयोग गर्नुपर्ने धारणा राखेका हुन् ।

सचिवालय बैठकमा सचिव महेश बस्नेत मात्र खुला रूपमा ओलीको पक्षमा उभिएका थिए । एक पदाधिकारीका अनुसार शनिबारको छलफलमा पनि “७–१” को अवस्था देखिएको थियो । उनका अनुसार अहिलेको संकटको मुख्य कारण नेतृत्व शैली भएकाले धेरै नेताहरूले ओलीलाई जिम्मेवारी हस्तान्तरण गर्न सुझाव दिएका छन् ।

१९ सदस्यीय सचिवालयमध्ये अध्यक्षसहित ओली पक्षमा बोल्ने संख्या निकै कम रहेको दाबी गर्दै ती पदाधिकारीले अधिकांश सदस्य नेतृत्व परिवर्तनकै पक्षमा उभिएको बताए । पद्मा अर्याल, हिक्मत कार्की, राजन भट्टराईलगायत नेताहरूले वर्तमान अवस्थामा तलसम्म पार्टी प्रभावकारी रूपमा सञ्चालन गर्न कठिन भएको धारणा राखेका थिए ।

यद्यपि अध्यक्ष ओलीले भने आफू निर्वाचित नेतृत्व भएकाले सहज रूपमा पद नछाड्ने अडान दोहोर्‍याएका छन् । उनले बैठकमा उठेका मागहरूको प्रतिवाद गर्दै नेतृत्व निरन्तरताको पक्षमा आफ्नो धारणा राखेका थिए ।

शनिबार बोलेका पाँच उपाध्यक्षमध्ये रामबहादुर थापा ‘बादल’ मात्र ओलीको समर्थनमा देखिएका थिए । उनले संकटको समयमा नेतृत्वको रक्षा गर्नुपर्ने र पार्टी मुख्यालय जोगाउन सबै एकजुट हुनुपर्ने बताएका थिए ।

सचिवालयभित्र अल्पमतमा परेको संकेत देखिएपछि ओलीमाथि पदत्यागको दबाब थपिएको विश्लेषण भइरहेको छ । तर, उनले तत्काल नेतृत्व नछाड्ने स्पष्ट संकेत दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १०, आईतवार ००:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP