मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

572
SHARES
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज (शुक्रबार) बिहान निधन भएको छ ।

अस्पताल स्रोतका अनुसार केही समयदेखि अस्वस्थ रहेका उनको भक्तपुरस्थित नेपाल–कोरिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्रोतका अनुसार आजै दाहसंस्कार गरिनेछ ।

मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहन प्रसादको झापास्थित घरमा पनि आगजनी भएको थियो । त्यसयता उनी झापा गएका थिएनन् । त्यसअघिसम्म उनी झापास्थित घरमा आउजाउ गरिरहन्थे ।

स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २९, शुक्रबार ०५:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP