मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ठमेल–दरबारमार्गमा विशेष अपरेसन: अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला डिपोर्ट

104
SHARES
ठमेल–दरबारमार्गमा विशेष अपरेसन: अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला डिपोर्ट

काठमाडौं । काठमाडौंका पर्यटकीय क्षेत्रहरूमा अनैतिक गतिविधि नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष प्रहरी अभियानअन्तर्गत ४७ विदेशी महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलनमार्फत ठमेल, दरबारमार्गलगायतका क्षेत्रमा छापा मारेर ५७ विदेशी महिलालाई नियन्त्रणमा लिइएको जनाएको हो । पक्राउ परेकामध्ये ४७ जनालाई अध्यागमन विभागको समन्वयमा सम्बन्धित देश फर्काइएको छ भने बाँकी १० जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार नेपाललाई सस्तो जीवनयापन, नाइट लाइफ तथा यस्ता गतिविधिका लागि सहज गन्तव्य ठानेर केही विदेशी महिला काठमाडौं आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीय बासिन्दाबाट लगातार गुनासो आएपछि लक्षित अपरेसन सञ्चालन गरिएको उनले बताए ।

प्रहरीका अनुसार डिपोर्ट गरिएका महिलाहरू युगान्डा, भियतनाम, थाइल्यान्ड, बंगलादेश, केन्या र इन्डोनेसियालगायतका विभिन्न देशका नागरिक हुन् ।

पत्रकार सम्मेलनमा एसपी भट्टराईले अनलाइन बेटिङ सञ्चालन गरी हुण्डी र क्रिप्टोकरन्सीमार्फत ठूलो रकम विदेश पठाउने संगठित समूहहरूमाथि पनि निगरानी बढाइएको जानकारी दिए । यस्ता नेटवर्कको पहिचान, बेटिङ वेबसाइटको निगरानी तथा आर्थिक कारोबारको अनुसन्धानलाई तीव्र पारिएको उनको भनाइ छ ।

यस्तै, सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउने विचौलियाविरुद्ध सञ्चालन गरिएको अभियानअन्तर्गत हालसम्म ३०९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये ६१ जनाविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको एसपी भट्टराईले जानकारी दिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ८, शुक्रबार १२:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP