मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: देशभर बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

1.1K
SHARES
मौसम पूर्वानुमान: देशभर बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको छ । यसका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली देखिएको छ ।

आज दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ । साथै तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली कायम रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । यस्तै मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २४, बिहीबार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP