मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्वकीय सचिव नियुक्तिमा रास्वपाको नयाँ मापदण्ड, आफन्त राख्न नपाइने

299
SHARES
स्वकीय सचिव नियुक्तिमा रास्वपाको नयाँ मापदण्ड, आफन्त राख्न नपाइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन नयाँ आन्तरिक निर्देशन लागू गरेको छ । पार्टीले सांसदहरूलाई स्वकीय सचिव छनोट गर्दा स्पष्ट मापदण्ड पालना गर्न निर्देशन दिएको हो ।

जारी गरिएको निर्देशनअनुसार सांसदहरूले आफ्नै परिवारका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न पाउने छैनन् । नातावाद र परिवारवाद अन्त्य गर्दै योग्यता र क्षमताका आधारमा परिवारबाहिरका व्यक्तिलाई छनोट गर्नुपर्ने व्यवस्था गरिएको पार्टीले जनाएको छ ।

स्वकीय सचिव बन्न चाहने व्यक्तिले संघीय संसद सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ । स्नातक तह वा सोसरह उत्तीर्ण, सम्बन्धित क्षेत्रमा अनुभव र दक्षता, सूचना प्रविधिको प्रयोगमा सक्षम तथा अनुसन्धान क्षमता भएका उम्मेदवारलाई प्राथमिकता दिन निर्देशनमा उल्लेख छ । साथै, पार्टीको नीति, सिद्धान्त र मूल्य–मान्यताप्रति प्रतिबद्धता पनि छनोटको महत्त्वपूर्ण आधार हुने जनाइएको छ ।

त्यसैगरी, योग्यता पुगेका उम्मेदवारमध्ये महिला, सीमान्तकृत समुदाय र पछाडि पारिएका वर्गका व्यक्तिलाई प्राथमिकता दिन सांसदहरूलाई रास्वपाले आग्रह गरेको छ । पार्टीका अनुसार यो व्यवस्था समावेशी प्रतिनिधित्व, सुशासन र जनउत्तरदायी अभ्यासलाई संस्थागत गर्ने उद्देश्यले लागू गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ८, शुक्रबार ०६:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP