मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आमाको सपना पूरा गर्दै दीपमाला ढकाल बनिन् मिस नेपाल–२०२६

481
SHARES
आमाको सपना पूरा गर्दै दीपमाला ढकाल बनिन् मिस नेपाल–२०२६

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि जितेकी छन् । शनिबार काठमाडौंमा सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज आफ्नो नाममा गरेकी हुन् । प्रतियोगिता द हिडन ट्रेजरले आयोजना गरेको थियो ।

हङकङमा बसोबास गर्दै आएकी दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेसनल–२०२५ की विजेता समेत हुन् । फाइनान्स एन्ड इकोनोमिक्स विषयमा स्नातक गरेकी उनले विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ‘ब्ल्याकरक’मा समेत काम गरिसकेकी छन् । तर, आमाले पूरा गर्न नसकेको सपना साकार पार्ने उद्देश्यले उनले आकर्षक जागिर त्यागेर मिस नेपाल प्रतियोगितामा सहभागी हुन नेपाल फर्किएकी थिइन् ।

दीपमालाकी आमा पनि सन् १९९४ को मिस नेपाल प्रतियोगिताकी प्रतिस्पर्धी थिइन् । तीन दशकअघि अधुरो रहेको त्यही सपना छोरीले मिस नेपालको ताज जित्दै पूरा गरेकी हुन् ।

सौन्दर्य प्रतियोगितासँगै दीपमाला खेलकुदमा पनि सक्रिय छिन् । उनी तेक्वान्दो खेलाडी हुनुका साथै म्याराथन धावकको रूपमा समेत परिचित छन् ।

यसै प्रतियोगितामा आर्या निशान्तले मिस नेपाल इन्टरनेसनल–२०२६ को उपाधि जितिन् भने कोसिस सुब्बा मिस नेपाल कस्मो–२०२६ घोषित भइन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १७, आईतवार ००:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP