मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सल्यानमा फोर्स गाडी दुर्घटना, तीनको मृत्यु र चार घाइते

2.1K
SHARES
सल्यानमा फोर्स गाडी दुर्घटना, तीनको मृत्यु र चार घाइते

सुर्खेत । सल्यानमा भएको फोर्स गाडी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये एक महिला र दुई पुरुष रहेका भए पनि उनीहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले जानकारी दिए ।

दुर्घटना आइतबार बिहान करिब ८ः४० बजे सल्यानको कपूरकोट गाउँपालिका–३, चोरखोलामा राप्ती राजमार्गमा भएको हो । लु. २ ख ६४०२ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३०० देखि ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घटनामा गम्भीर घाइते भएका दुई महिला र दुई पुरुषलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । घाइतेहरूमा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–५ का ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी रहेका छन् । उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ र अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीले दुर्घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १२, आईतवार ०४:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP