मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अख्तियार प्रमुख राईविरुद्ध महाभियोगको आवाज, वाइडबडी प्रकरणमा निष्पक्षता गुमेको आरोप

2.7K
SHARES
अख्तियार प्रमुख राईविरुद्ध महाभियोगको आवाज, वाइडबडी प्रकरणमा निष्पक्षता गुमेको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोग लगाउनुपर्ने मागसहित संसदमा आवाज उठेको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद कमला पन्तले वाइडबडी विमान खरिद प्रकरणमा देखिएको ‘चयनमुखी अभियोजन’लाई लिएर राईको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै महाभियोगको मौखिक प्रस्ताव राखेकी हुन् ।

सांसद पन्तका अनुसार वाइडबडी काण्डको फैसलाले अख्तियार प्रमुखको निष्पक्षता र जिम्मेवारीप्रति आशंका पैदा गराएको छ । विशेष अदालतले सो प्रकरणमा अन्य निर्णयकर्ता सदस्यमाथि मुद्दा दायर भए पनि तत्कालीन निगम अध्यक्षसमेत रहेका राईमाथि भने अभियोजन नगरी विभेदपूर्ण व्यवहार गरिएको उल्लेख गरेको थियो ।

पन्तले बैठकमा भनिन्, “नेपाल वायुसेवा निगमको सचिव अध्यक्ष हुने परम्परा रहँदै आएको हो, र त्यही हैसियतमा राई थिए । अदालतले समेत चयनमुखी अभियोजन भएको भन्दै टिप्पणी गरिसकेको अवस्थामा अब मौन बस्न मिल्दैन ।”

उनले संविधानको धारा १०१ अन्तर्गतको महाभियोग प्रक्रिया स्मरण गराउँदै थपिन्, “यो केवल न्यायिक सवाल होइन, यो संस्थागत निष्पक्षताको विषय हो । राईले स्वयं आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने वा सरकारले स्पष्ट अडान लिनुपर्ने बेला आएको छ ।”

पन्तका अनुसार अख्तियारजस्तो संवैधानिक निकायको नेतृत्वमा बसेको व्यक्तिले जब निष्पक्षतामाथि प्रश्न उठाउने परिस्थिति सिर्जना गर्छ, तब त्यसको जवाफ संसदले दिनुपर्छ ।

यस्तै, आइतबार युवराज पौडेल नामक व्यक्तिले पनि अख्तियार प्रमुख राईविरुद्ध उजुरी दर्ता गराएका छन् । ‘सी–००३४९८’ नम्बरको उक्त उजुरीमा उनले वाइडबडी प्रकरणमा निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ११, आईतवार ११:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP