मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेकपाको एकता सन्देश सभा: र्‍याली भृकुटीमण्डपतर्फ बढ्दै

3.4K
SHARES
नेकपाको एकता सन्देश सभा: र्‍याली भृकुटीमण्डपतर्फ बढ्दै

काठमान्डु । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको एकता सन्देश सभा राजधानीमा सुरु भएको छ । पार्टी एकता, संगठनात्मक मजबुती र राजनीतिक स्थायित्वको सन्देश दिने उद्देश्यसहित आयोजित सभाका लागि काठमान्डुका विभिन्न स्थानबाट र्‍याली निकालिएको हो ।

सुन्धारा, शान्तिबाटिका, बागबजार, नयाँबानेश्वर लगायतका क्षेत्रबाट कार्यकर्ताहरू झण्डा, नारासहित भृकुटीमण्डपतर्फ अघि बढेका छन् । र्‍यालीमा सहभागीहरूले पार्टी एकताको पक्षमा नारा लगाउँदै उत्साहपूर्ण उपस्थिति जनाएका छन् ।

एकता सन्देश सभा बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी तथा विशेष प्रदेश कमिटीको संयुक्त आयोजनामा भइरहेको छ । आयोजक पक्षका अनुसार हाल देखिएका आन्तरिक मतभेद अन्त्य गर्दै पार्टीलाई पुनः एकताबद्ध बनाउने सन्देश प्रवाह गर्नु सभाको प्रमुख उद्देश्य हो ।

र्‍याली भृकुटीमण्डप पुगेपछि औपचारिक सभा सुरु हुनेछ । सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेताहरूले सम्बोधनका क्रममा पार्टी एकताको आवश्यकता, वर्तमान राजनीतिक अवस्था, जनअपेक्षा र भावी रणनीतिबारे धारणा राख्ने आयोजकले जनाएको छ । सभामार्फत कार्यकर्तालाई एकजुट रहन र जनमुखी राजनीतिमा केन्द्रित हुन आग्रह गरिने बताइएको छ ।

सभालाई लक्षित गर्दै भृकुटीमण्डप क्षेत्र र आसपासका स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ५, शनिबार ०८:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP