मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालेन शाहले जेनजीलाई संयमित रहन गरे आग्रह

2.5K
SHARES
बालेन शाहले जेनजीलाई संयमित रहन गरे आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले Gen Z लाई संयमित व्यवहार गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “यो नितान्त नयाँ पुस्ताको आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनु आवश्यक छ ।”

बालेनले थप बताएका छन्, “देशको जनधनको क्षति भनेको हामी सबैको आफ्नै सम्पत्तिको क्षति हो । अब तपाईं–हामी दुवै संयमित हुनु जरुरी छ । आगामी दिनमा तपाईंहरूको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ।”

साथै, उनले जेनजीलाई सेना प्रमुखसँग वार्ताका लागि तयार हुन पनि सुझाव दिएका छन् । तर उनले चेतावनी दिएका छन् कि “वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०९:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP