मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक र प्रतिवेदन पेस हुने

234
SHARES
आज सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक र प्रतिवेदन पेस हुने

काठमाडौं । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रियसभाको बैठक १ः१५ बजेका लागि तय गरिएको छ ।

प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सभामा पेस गर्नेछिन् ।

बैठकमा मन्त्री गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव समेत सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, राष्ट्रियसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धमा विधायन व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदन पेस हुने कार्यक्रम छ । समितिका सभापति कृष्णबहादुर रोकायाले उक्त प्रतिवेदन राष्ट्रियसभामा प्रस्तुत गर्नेछन् ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पनि जानकारी गराउनेछन् ।

यसैबीच, आज सङ्घीय संसद्अन्तर्गत अर्थ समिति तथा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति को बैठकसमेत बस्ने कार्यक्रम रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २४, बुधबार ०१:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP