मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खोटाङमा हेलिकोप्टर दुर्घटना, मानवीय क्षति नभएको पुष्टि

1.3K
SHARES
खोटाङमा हेलिकोप्टर दुर्घटना, मानवीय क्षति नभएको पुष्टि

खोटाङ । जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसी क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको छ । काठमाडौंबाट शव लिएर गाउँ पुगेको उक्त हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार दुर्घटनाबारे प्रारम्भिक जानकारी प्राप्त भइसकेको छ र घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ ।

गाउँपालिका अध्यक्ष समिर राईका अनुसार हेलिकोप्टर बारीको डिलमा अवतरण गर्ने प्रयासमा थियो । प्रारम्भमा डिलमा अवतरण गर्न खोजिएको हेलिकोप्टरलाई पुनः उठाएर बारीको बीच भागतर्फ लैजान खोज्दा असन्तुलन भई दुर्घटना भएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ४, बुधबार ०७:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP