मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संवेदनशील क्षेत्र वरिपरि कर्फ्यु आदेश, दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू

2.2K
SHARES
संवेदनशील क्षेत्र वरिपरि कर्फ्यु आदेश, दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू

काठमाडौं । राजधानीको विभिन्न संवेदनशील क्षेत्र वरिपरि आज दिउँसोदेखि कर्फ्यु आदेश लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी नयाँ आदेश जारी गरेको हो ।

प्रशासनले राष्ट्रपति कार्यालय शितल निवास, उपराष्ट्रपति कार्यालय हरित गृह, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रलाई समेटेर आवागमन तथा भेला, जुलुस, सभा र प्रदर्शनसमेत निषेध गरेको छ । आदेश प्रमुख जिल्ला अधिकारीको तर्फबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९क० बमोजिम जारी गरिएको हो ।

कुन–कुन क्षेत्रमा कर्फ्यु?
शितल निवास क्षेत्र — महाराजगन्जदेखि सामाखुसी खोल्सा सम्म,
हरित गृह (लैनचौर) — केशरमहल चोकदेखि मल्ल होटल सीमानासम्म,
नारायणहिटी दरबार संग्रहालय — केशरमहल चोकदेखि जयनेपाल मोड र महेन्द्र सालिकसम्म,
सिंहदरबार क्षेत्र — भद्रकालीदेखि पद्मोदय मोड, हनुमानस्थान मन्दिर हुँदै सर्वोच्च अदालत र पुरातत्त्व विभागको चोकसम्म ।

यी चारै क्षेत्रमा प्रवेश गर्न, बसोबास बाहेक अन्य गतिविधि गर्न, भेला वा घेराउ गर्न कडाइका साथ रोक लगाइएको प्रशासनले जनाएको छ ।

प्रशासनले शान्ति–सुरक्षा कायम राख्न कर्फ्यु आदेश दिइएको बताएको छ । सम्भावित अशान्ति रोकथामका लागि सुरक्षाकर्मीलाई संवेदनशील ठाउँमा बाक्लै परिचालन गरिएको छ ।

प्रशासनले सर्वसाधारणलाई आदेशको पालना गर्न, घरबाहिर ननिस्कन र शान्त वातावरण कायम गर्न आग्रह गरेको छ । आदेश उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २३, सोमबार ०७:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP