मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक: विभिन्न विधेयक र प्रतिवेदनमा छलफल हुँदै

143
SHARES
प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक: विभिन्न विधेयक र प्रतिवेदनमा छलफल हुँदै

काठमाडौं । सङ्घीय संसद्का प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक आज बुधबार बस्दैछ ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्नेछ । बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सुरु हुनेछ । बैठकमा पूर्वाधार विकास मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछन् ।

यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार नै तीनवटा संसदीय समितिको बैठक पनि बस्नेछ । अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्ने कार्यतालिका रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ३१, बुधबार ००:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP