मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालको ऐतिहासिक जितः वेस्ट इन्डिजविरुद्ध लगातार दोस्रो जितसहित टी–२० आई सिरिज कब्जा

2.6K
SHARES
नेपालको ऐतिहासिक जितः वेस्ट इन्डिजविरुद्ध लगातार दोस्रो जितसहित टी–२० आई सिरिज कब्जा

काठमाडौं । नेपालले वेस्ट इन्डिज जस्तो पूर्ण टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक सफलता हात पारेको छ । युएईको सारजहा क्रिकेट स्टेडियममा सोमबार सम्पन्न दोस्रो टी–२० आई खेलमा वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै नेपालले तीन खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । यससँगै एक खेल बाँकी रहँदै नेपालले सिरिज जितिसकेको छ ।

यो नेपालले कुनै पनि टेस्ट मान्यता प्राप्त टोलीविरुद्ध खेलेको पहिलो टी–२० आई सिरिज हो, जसलाई उसले कीर्तिमानी ढंगले आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा १९ रनको जित निकालेको नेपालले दोस्रो खेलमा अझ बलियो प्रदर्शन गर्दै वेस्ट इन्डिजलाई मात्र ८३ रनमै समेट्यो ।

बलिङमा आदिलको चमकदार पुनरागमन
तीन वर्षपछि टोलीमा फर्किएका मोहम्मद आदिल आलमले ४ विकेट लिँदै नेपाललाई बलिङमा मजबुत बनाएका थिए । उनले २४ रन खर्चेर ४ विकेट लिए । कुशल भुर्तेलले २ विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशीले समान १–१ विकेट लिए ।

जोरा र आशिफको सय रन साझेदारी
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनायो । सुरुवात भने कमजोर रह्यो— ६.४ ओभरमा ४३ रनमै ३ विकेट गुमाएको नेपाललाई सन्दीप जोरा र आशिफ शेखले सम्हाले । चौथो विकेटका लागि उनीहरूले १०० रनको साझेदारी गरे ।

सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्का सहित ६३ रन बनाए । उनी पूर्ण टेस्ट राष्ट्रविरुद्ध अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बने । अर्कोतर्फ ओपनर आशिफ शेख ६८ रनमा अविजित रहे । उनले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे—पूर्ण टेस्ट राष्ट्रविरुद्ध अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान पनि उनकै नाममा रह्यो ।

कमजोर सुरुवातपछि बलियो पुनरागमन
नेपालका ओपनर कुशल भुर्तेल (२), कप्तान रोहित पौडेल (३), कुशल मल्ल (३) र गुल्सन झा (६) रनमा आउट भएपछि इनिङ संकटमा थियो । तर जोरा र आशिफको संयमित ब्याटिङले टिमलाई सशक्त अवस्थामा पुर्‍यायो ।

वेस्ट इन्डिजको निराशाजनक प्रदर्शन
१७४ रनको लक्ष्य पछ्याउन उत्रिएको वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा समेटियो । नेपालका बलरहरूले वेस्ट इन्डिजको लाइनअपलाई तहसनहस बनाए । वेस्ट इन्डिजका तर्फबाट अकिल हुसैन र काइल मेयर्सले समान २ विकेट लिए भने जेडिया ब्लाडेसले १ विकेट लिए ।

सिरिजको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ। यद्यपि, नेपालले सिरिज पहिल्यै आफ्नो पक्षमा पारिसकेको छ, अन्तिम खेलमा क्लिनस्वीप गर्ने लक्ष्यमा हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १३, सोमबार २१:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP