मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मधेस प्रदेशमा पाँच सांसद पदमुक्त

1.5K
SHARES
मधेस प्रदेशमा पाँच सांसद पदमुक्त

काठमाडौं । मधेस प्रदेश सभाका पाँच जना सांसदलाई सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका छन् । सभामुखमाथि अविश्वासको प्रस्ताव दर्ता भएको केही दिनमै उनले यो निर्णय गरेका हुन्, जसले प्रदेश राजनीतिको तनावलाई अझ चर्काएको छ ।

सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित रहेको आधारमा कारबाही अघि बढाएका हुन् । पदमुक्तमध्ये नागरिक उन्मुक्ति पार्टीकी एक र  जनता समाजवादी पार्टी (जसपा)का चार सांसद परेका छन् ।

पदमुक्त हुनेमा नागरिक उन्मुक्तिका उर्मिला देवी सिंह तथा जसपाका मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार, सारदा संकर प्रसाद कलवार  रहेका छन् ।

सभामुखद्वारा जारी सूचनामा भनिएको छ, “संविधानमा मधेश प्रदेश सभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० यो बमोजिम प्रदेश सभामा लगातार १० (दस) वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२।०७।२७ गते देखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरुको स्थान रिक्त भएको बेहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावाली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”

यस घटनापछि मधेस प्रदेश सभामा दलहरूको संख्या र शक्ति सन्तुलनमा नयाँ समीकरण देखिने अनुमान गरिएको छ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २८, शुक्रबार ०१:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP